इटहरीः झापा र सुनसरीमा भएका छुट्रटाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा तेह्रथुमको आठराई गाउँपालिका घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्ने अन्दाजी ३२ वर्षीय केवल खवास रहेको १ नम्बर प्रदेश पहरी कार्यालय इटहरीले जनाएको छ । बिर्तामोड ६ स्थित पूर्वपश्चिम राजमार्ग ोत्रमा हिजो साँझ सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३११९ नम्बरको बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भई उपचारार्थ स्थानीय बी एन्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने जीपका चालक पाँचथरको हिलिहाङ गाउँपालिका घर भएका गोपाल पन्धाक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । चालक पन्धाक हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका छन् ।

यसैगरी, सुनसरीको कोशी गाउँपालिकामा हिजो भएको अर्को सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा इनरुवा नगरपालिका ३ का २२ वर्षीय सञ्जीव यादव, सप्तरीको कञ्चनरुप नगरपालिका घर भएका २० वर्षीय दयाराम पासवान, कोशी गाउँपालिका ८ बस्ने ३५ वर्षीय कलिम मियाँ, १२ वर्षीया बालिका कशिसन खातुन, ४ वर्षीय बालक इरनुर मिया २ वर्षीया बालिका रबिरन खातुन रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको रिक्सालाई सोही दिशाबाट आइरहेको को २३ प ९४३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रिक्सामा सवार सबै जना घाइते भएका हुन् । दुर्घटनापछि घाइतेहरुलाई उपचारार्थ सुनसरी जिल्ला अस्पताल पठाई दुर्घटना गराउने मोटरसाइकल प्रहरी चौकी भण्टाबारीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।