पथरीः मोरङको पथरीमा धारीलो घरेलु हरियार खुकुरी प्रहार गरी एक १७ वर्षीया किशोरीको हत्या प्रयास भएको छ ।
शुक्रवार अपराह्नको समयमा पथरी शनिश्चरे नगरपालिका(४ दोहलु शुक्रवारे वस्ने वर्ष २९ का सुरेश कटुवालले किशोरी माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पथरीको मिलन चाम्लीङ होटलकी संचालक मिना राईकी १७ वर्षीय छोरी रिता राई माथी कटुवालले सोही होटलमा बसेर मादकपदार्थ सेवन गरी उनि माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको डिएस्पी दिलीप कुमार गिरीले बताए ।
घटना स्थलबाट प्रहरीले एक थान खुकुरी सोको दाप सहित कटुवाललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखेको छ ।
टाउको र ढाडमा चोट लागि घाइते भएकी कीशोरीको पथरी स्थित मोरङ डागोनोष्टि अस्पतालमा उपचार भइरहेकोे छ ।
घाइते किशोरीको टाउकोमा ५ र ढाडमा ७ टाँचा लागेको छ । यता अपराधिक क्रियाकलापमा समलग्न पुरुषले किशोरी सग आफ्नो प्रेम सम्वध रहेको बताएका छन् ।
घटना प्रेम सम्वधको दरारका कारण भएको हो अथवा अन्य कुनै कारण घटेको हो भन्ने बारे। थप अुनसन्धान हुन बाकी नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपराधिक क्रियाकलापमा संमलग्न पुरुष डिप्रेशनको शिकार भएको र विगत एक डेढ साल अगाडी देखी औषधि प्रयोग गर्दै आएको पाईएको जनाएको छ ।
होटल संचालकीकी छोरी रिता माथी भाडावर्तन सफा गर्दै गर्दा कटुवालले खुकुरी प्रहार गरि घाइते बनाएका हुन ।  सोही क्रममा होटलमा रहेका अन्य ग्रहक र छरछिमेकीले रिताको उद्धार गरि प्रहरीलाई खवर गरेको बताएको छ ।