इटहरी ।  उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत पुगेका कृष्ण बहादुर गिरिको मुद्धामा सर्वाेच्चले उच्च अदालतकै आदेश सदर गरेको छ ।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको मुद्धामा गिरिलाई उच्च अदालत बिराटनगरले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै सर्वाेच्च पुगेका गिरिको मुद्धामा सर्वाच्चले उच्च अदालतको आदेश सदर गरेको हो ।

आज शुक्रबार सर्वाेच्चका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको फसला सदर गर्दै गिरिलाई थुनामै राख्न आदेश दिएको हो ।

सर्वाेच्चको यो फैसला सगै सिद्धबाबा भनिने बलात्कारी बाबा अनिश्चितकालका लागि जेलमै रहने भएका हुन् । सिद्धबाबा भनिने कृषण दासलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटिमा छाडेन आदेश दिएको थियो । पछि उच्च अदालत बिराटनगरले जिल्ला अदालतको आदेशलाई बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।

“यो आदेशले पिडित महिलामा थोरै भएपनि खुसी ल्याएको छ ,हामीलाई विश्वास छ अबको फैसलापनि न्यायिक हुन्छ । ” महिला अधिकारकर्मी सुशीला उप्रेतीले भनिन् ।