इटहरीः प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रहरीका लागि आवश्यक कानुन (प्रदेश प्रहरी) ऐन बनिसकेको जानकारी दिएका छन् । शुक्रबार इटहरीमा पत्रकारह?सँग कुरा गर्दै उनले प्रदेश प्रहरीका लागि आवश्यक कानुन तयार भएको जानकारी दिएका हुन् । उनले संघिय सरकारलाई दबाब दिन पहिला नै कानुन तयार गरेको जानकारी दिएका छन् । ‘एउटा नेपाली उखान नि, नानी पाउनु कहिले कहिले कन्दानी बाट्नु अहिले । हो यस्तै गरेका छौँ हामीले । हामीले प्रदेश प्रहरी ऐन संघीय सरकारले भन्नु अगाडि नै निर्माण गर्यौँ । हामीले संघीय सरकारलाई दवाव दिनकै लागि भए पनि पहिला नै कानुन बनाएका हौँ’, कार्कीले भने ।

 साथै उनले पहिला नै कानुन बनाउँदा अन्य कुरामा पनि सहज हुने प्रतिक्रिया दिएका छन् । साथै अन्य प्रदेशलाई पनि यो कानुनले सहजता प्रदान गर्ने उनको विश्वास छ । ‘सु?मा नै कानुन बनाउँदा हामीलाई अन्य कामको लागि पनि सहजता प्राप्त हुन्छ । अनि अर्को कुरा, अन्य प्रदेशलाई पनि प्रदेश प्रहरी ऐन बनाउन सहज पनि हुन्छ । त्यसैले हामीले कानुन बनाउँन हतार गर्यौँ’, उनले भने । उनले २०१२ मा बनेको प्रहरी ऐन अहिलेसम्म त्यहि लागू गर्दा धेरै त्रुटि हरेको बताएका छन् । ‘प्रहरी ऐन २०१२ मा नै बनेको छ । अहिलेसम्म पनि त्यहि कानुन नेपाल प्रहरीले अबलम्बन गर्दैछ । तर त्यो कानुनलाई समय अनुसार परिमार्जन गर्नु आवश्यक छ । त्यसैले हामीले छुट्टै प्रहरी ऐन बनाएका हौँ’, उनले भने ।

 उनले प्रदेशले बनाएको स्थानीय तहको सेवासुविधा सम्बन्धी कानुन देशमै अब्बल भएको बताएका छन् । उनले अन्य प्रदेशको सेवासुविधा सम्बन्धी कानुन अदालतले खारेज गर्दा हाम्रो कानुन ठिक छ भनेर कार्यान्वयन गर्न अनुमति दिएको जानकारी दिए । उनले प्रदेशमा शान्ति सुरक्षामा आँच आउने गतिविधि बढ्दै गएको भन्दा त्यसको निराकरणको लागि दरिलो कानुन निर्माण र कार्यान्वयनमा लागेको बताएका छन् ।