इटहरीः माेरङ र झापाका तीन स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।

माेरङकाे उर्लाबारी नगरपालिका ८ गुरूङ टाेलस्थित भित्री सडकखणडमा हिजाे बिहान ८ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेकेा मे ४ प ९२८५ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा साेही ठाउँका ३०वर्षीय चालक उपेन्द् दनुवार र पछाडि सवार अन्दाजी ३५ वर्षीय नाम नखुलेका एक पुरूष गम्भीर घाइते भएकाेमा उपचारार्थ उर्लाबारीस्थित अरनिकाे अस्पताल लगिएका दुवै घाइतेमध्ये नाम नखुलेका पुरूषकाे बिहान ८ः१० बजे उपचारका क्रममा ज्यान गएकाे १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । दुर्घटनाग्रस्त माेटरसाइकल प्रहरी चाैकी राजघाटले नियन्त्रणमा लिएकाे बताउँदै प्रहरीले चालकसँग सवारी चालक अनुमतिपत्रसमेत नभएकाे जानकारी दिएकाे छ ।

यसैगरी, माेरङकै सुन्दरहरैँचा नगरपालिका ९ स्थित पूर्व पश्चिम लाेकमार्गमा पूवर्वबाट पश्चिमतर्फ अाइरहेकाे काे ३८ प १६६५ नम्बरकाे स्कुटर विपरित दिशातर्फ गइरहेकाे काे २ त ३१९६ नम्बरकाे ट्रयाक्टरसँग ठाेक्किँदा स्कुटर चालक साेही ठाउँ बस्ने ४२ वर्षीय महेश्वर चाैधरी गम्भीर घाइते भएर उपचारार्थ विराटनगरस्थित न्युराे अस्पताल पठाइएकाेमा उपचारका क्रममा उनकाे गएराति १०ः०५ बजे ज्यान गएकेा प्रहरीले जनाएकाे छ । दुर्घटनापछि दुवै सवारी इलाका प्रहरी कार्यालय विराटचाेककाे नियन्त्रणमा रहेकाे र फरार रहेका ट्रयाक्टर चालककाे खाेजी भइरहेकेा प्रहरीकाे भनाइ छ ।

उता, झापाकाे अर्जुनधारा नगरपालिका ५ स्थित भित्री सडकखणडमा हिजाे साँझ ६ः३० बजे उत्तरबाट दक्षिणतर्फ गइरहेकाे प्रदेश १ ०१ ०१२ प ७१५४ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट अाइरहेकेा काे १ क १५८७ नम्बरकाे जेसीबी एक अापसमा ठाेक्किँदा माेटरसाइकल चालक साेही नगरपालिकाकाे वडा नम्बर ३ बस्ने ३५ वर्षीय दीपककुमार बुढाथाेकी गम्भीर घाइते भएकाेमा उपचारार्थ बिर्तामाडस्थित बी एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटाेमा नै उनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दुर्ङटना गराउने जेसीबीसहित त्यसका चालक ४२ वर्षीय सुदीप खनाल प्रहरी चाैकी शनिश्चरेकाे नियन्त्रणमा रहेकेा प्रहरीकाे भनाइ छ ।