इटहरीः मोरङको रङ्गेली नगरपालिका ५ स्थित बहुवानबाट एक जना बलात्कारका अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका बौका भनिने २५ वर्षीय सुरेन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । राईका अनुसार अभियुक्त मण्डलउपर स्थानीय ३५ वर्षीया शारिरीक तथा मानसिक अपाङ्गता भएकी महिलालाई जबर्जजस्ति करणी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीद्वारा पक्राउ गरिएका अभियुक्त मण्डललाई अनुसन्धानका लागि हिरासतमा राखिएको बताउँदै प्रवक्ता राईले उनीमाथि बलात्कार अभियोगमा मुद्दा चलाउने तयारी गरिएको उल्लेख गरे ।