इटहरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा हिजो अपराहन्न ४ः४० बजे भएको सवारी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको को २३ प ५२१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँका श्याम नारायण मेहताकी ३ वर्षीया छोरी सुस्मितालाई उपचारार्थ मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको राति ८ बजे ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी भोक्राहाको नियन्त्रणमा रहेको बताउँदै प्रहरीले चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।