इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रबाट प्रतिबन्धितलागूऔषधको कारोबारमा संलग्न एक भारतीयसहित ६ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ओमप्रकाश यादवका साथै इटहरीका सनम बस्नेत, सागर काफ्ले, अमर सरदार, प्रकाश सरदार र मोरङको जहदा गाँउपालिकाका घर भएका उमेशकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।
उनका अनुसार पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले १२ हजार ९ सय ६० थान ट्रमाडोल क्याप्सुल, प्लान्कफ ३० बोतल, नाईट्राभेट एकहजार ६ सय ५० ट्याब्लेट र स्पास्पेन २ सय ४० क्याप्सुल बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको बताउँदै उनीहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि मुद्दा चलाउने तयारी गरिएको जानकारी दिए ।