इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाका क्षेत्रबाट प्रहरीले एक जना भारतीय नागरिकलाई एक लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार भारतीय क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गर्नासाथ अभियुक्त चन्द अस्थायी प्रहरी चौकी मटेरुवा इस्लामपुरबाट खटिएको प्रहरी टोलीको नियन्त्रणमा आएका हुन् ।

विशेष सूचनाको आधारमा परिचालित प्रहरीले अभियुक्त चन्दलाई पाँच सय दरका तीन सय ९० ओटा र दुई हजार दरका दुई ओटा गरी एक लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता राईको भनाइ छ ।