इटहरीः मोरङको विराटनगरस्थित कोसी प्रोजेक्ट क्षेत्रमा बसोबास गर्दै आएका लेनदेन बिगो मुद्दाका फरार अभियुक्त दम्पति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ६८ वर्षीय रूपनारायण पौडेल र उनकी श्रीमती ५२ वर्षीय सीतादेवी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार जिल्ला अदालत मोरङबाट २०७४ माघ २३ गते ६ लाख ७ हजार चारसय ६७ रुपैयाँ बिगो र एक वर्ष कैद सजायको फैसला भएपछि उनीहरुले सोविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए ।

तर उच्च अदालतले पनि जिल्ला अदालतको आदेश सदर गर्दै २०७५ फागुन २८ गते कारागार चलान गर्न आदेश गरेपछि फरार रहेका अभियुक्त दम्पतिलाई प्रहरीले मंसिर २५ गते पक्राउ गरेको हो ।