इटहरीः नेपाली सेनाको २ नम्बर बाहिनी धनकुटामा कार्यरत हबलदार मेजर पर्शुराम भट्टराईको शंकाष्पद मृत्यु भएको घटनामा छानबिन प्रकृया अघि नबढेको भन्दै मृतक परिवारले नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा धर्ना दिएका छन् । भट्टराई परिवारले २ नम्बर बाहिनी धनकुटामा कार्यरत बाहीनीपती यम प्रसाद ढकालसहित १४ जना बि?द्ध कर्तव्य ज्यानमा जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले छानबिनको प्रकृया अघि नबढाएको र सेनाले पनि घटना अनुसन्धानमा असहयोग गरेको भन्दै परिवारले पूर्वी पृतना हेडक्वाटरमा धर्ना दिएका हुन् । धर्नामा भट्टराईकी श्रीमती कमला बोगटी, ४६ बर्षीय बुवा दिल बहादुर भट्टराई, दुई छोराछोरी सहित आफन्तह?ले पूर्वी पृतना हेडक्वाटरको मुल गेटमा धर्ना तथा नाराबाजी गरेका थिए ।

 धर्नामा सहभागीह?ले पर्शुराम भट्टराईको नियोजित हत्या भएको र घटना लुकाउन सेनाले छानबिन गर्न नदिएको बताएका छन् । प्लेकार्डसहित धर्ना बसेकी मृतक भट्टराईकी श्रीमती कमला बोगटीले आफ्नो श्रीमानको फलामको पाइपले टाँउकोमा प्रहार गरि हत्या गरेको बताइन् । जेठ ५ गते घटना भएपनि १६ गते घरपरिवारलाई जानकारी दिइ सेनाले शु?देखिनै शंकाष्पद व्यवहार देखाएको उनले बताइन् । श्रीमान मृत्यु भएको ७ महिना बित्दा समेत आफुले न्याय नपाएको र धर्ना बस्न बाध्य भएको बोगटीले दुखेसो छ । यस्तै छानबिनको माग गर्दा धनकुटाका एसपी र पूर्वी पृतनाका एक मेजरले आफुलाई हप्कीदब्की गरेको समेत उनको भनाई छ ।

 मृतकका बुवा दिल बहादुर भट्टराईले छोरालाई हत्या गरेको र घटना लुकाउन लागि गरेको बताए । छोराको हत्या गर्ने सेनाह?ले साथमा भएको सुन र केही अन्य सामान गायब बनाएको उनको आरोप छ । ७ महिनादेखि घटना अनुसन्धानको लागि कयौ पटक धनकुटा र इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर धाउदापनि न्याय नभएको परिवारको गुनासो छ । भट्टराईको हत्या अनुसन्धानको लागि अब सबै निकाय धाउने आफन्तह?को भनाई छ । भट्टराईको मृत्यु भएपछि सेनाले गरेको व्यवहारले परिवारमा शंका उतपन्न भएरै छानबिनको माग गरिरहेको आफन्तह? बताउछन् । धर्ना दिने पुगेका आफन्तह? र सेनाबिच केही क्षण घम्साघम्सी समेत भएको थियो । मृतक भट्टराईकी श्रीमतीले धर्नामा बस्दा समेत सेनाले कुनै चासो नदेखाएको भन्दै मुल गेटबाट सेनाका उच्च अधिकारीलाई भेट्न भित्र प्रबेश गरेकी थिइन ।

 सेनाका एक अधिकृतले भने अनुसन्धान प्रकृया शु? भएको र प्रकृयागत ?पमा छानबिन हुने आश्वासन दिएका छन् । घटना अनुसन्धानमा प्रहरीलाई सेनाले आबश्यक सहयोग गरेको उनको दाबी थियो । यता मृतक परिवारले हबलदार मेजर पर्शुराम भट्टराईको अनुसन्धान शु? नहुन्जेलसम्म प्रहरी र सेनाको कार्यालयमा धर्ना दिइराख्ने चेतावनी दिएका छन् । आबश्यक परे पूर्वी पृतना अगाडी अनसन बस्ने समेत बताइएको छ । सेनाले भने मृतक भट्टराई मादक पर्दाथ सेवन गरेर ब्यारेक भित्रै लडी टाउकोमा चोट लागेर उपचारको क्रममा मृत्यु भएको दाबी गदै आएको छ ।