इटहरीः झापाको गौरादह नगरपालिका ७ मा हिजो शंकास्पद वस्तु फेला परेको छ ।
गाई चराउने क्रममा १५ वर्षीया बालिकाले धमिराले बनाएको प्वालभित्र अनौठो वस्तु देखेर ४० वर्षीया हिमा पौेडेललाई सुनाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी जुरोपानीबाट प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित पारी नेपाली सेनालाई खबर गरेको थियो ।
नेपाली सेनाले चारआलीस्थित ब्यारेकबाट डिस्पोजल टोली खटाई सो वस्तु राति ९ः१५ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिस्पोज गरिएको वस्तु बम भए वा नभएको भने हालसम्म यकिन भइनसकेको प्रहरीको भनाइ छ ।