इटहरीः कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड माधव नेपाल र केपी शर्मा ओली खेमाका कार्यकर्ताहरुबीच झडप भएको छ ।

प्रचण्ड माधव खेमाका कार्यकर्ताहरुले आयोजना गर्न लागेको भेलालाई लक्षित गरी ओली खेमाका कार्यकर्ताहरुले कार्यक्रमस्थलमा तालाबन्दी गर्न खोजेपछि सामान्य झडप भएको प्रचण्ड माधव समूहका कार्यकर्ताले जानकारी दिएका छन् । भेला आयोजनाका लागि कार्यक्रमस्थलमा लगाइएको ताला तोड्ने क्रममा सामान्य घम्साघम्सी भएको उनको भनाइ छ ।

घटनापछि नेकपाको जिल्ला कार्यालय क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।