इटहरीः मोरङको विराटनगर महानगरपालिका ८ स्थित जिल्ला अदालत छेउबाट एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १४ का ३८ वर्षीय तुलसी महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार अभियुक्त महतोले सरकारी दस्तखत छाप किर्ते गरेकोमा जिल्ला अदालत मोरङको २०६७ साल असोज १३ गतेको आदेश अनुसार उनी एक वर्षका लागि कारागार चलान हुनुपर्ने थियो ।
तर फैसला भएलगत्तै उनी फरार भएका थिए । अब उनलाई अदालतको आदेशमा पेस गरी कारागार चलान गरिने प्रहरीले जनाएको छ ।