इटहरीः निरन्तर उतारचढावका क्रममा रहेको सुनको मूल्यमा आज प्र्रतितोला सात सय रुपैयाँको वृद्धि भएको छ ।
हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि हिजोको तुलनामा प्रतितोला सात रुपैयाँकै वृद्धि भएको छ । हिजो प्रतितोला ९३ हजार सात सय रुपैयाँँ रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९४ हजार चार सय कायम भएको छ ।
यसैगरी, असलको चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको महासंघको भनाइ छ । हिजो प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको असल चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँ वृद्धि भई प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।