काठमाडौँः कोरोना ९कोभिड–१९० को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ ।

गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु. १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा रु. १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६र७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।

कुन वर्ष कति नाफा
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गत आव २०७२र७३ मा रु. १९ अर्ब ३६ करोड, आव २०७३र७४ मा रु. ९ अर्ब ४५ करोड, २०७४र७५ मा रु. तीन अर्ब ५८ करोड, २०७५र७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६र७७ मा रु. १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आव २०७५र७६ मा रु. २९ करोड रहेको चुक्ता पूँजीलाई रु. १० अर्ब पूँजी वृद्धि गरेर रु. ११ अर्ब पुर्‍याएको थियो । आव ०७५र७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६र७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । १० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा रु. एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र रु. एक अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ ।

आव २०७०र७१ मा प्रतिलिटर रु. एक सय ३४ रहेको पेट्रोलको मूल्य आव ०७६र७७ को असार मासान्तसम्म घटेर रु. एक सय दुईमा झरेको थियो । यस्तै सोही अवधिमा रु. एक सय पाँच रहेको डिजेलको मूल्य घटेर रु. ८८ मा झरेको थियो । निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ । निगममा सरकारको ९९ प्रतिशत सेयर लगानी रहेको छ । यसमा अर्थ, उद्योग वाणिज्य आपूर्तिमन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको सेयर रहेको छ ।

सरकारलाई सबै भन्दा धेरै राजश्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आवमा इन्धनको कारोवार गरेर सरकारलाई रु. ६६ अर्ब ८८ करोड राजश्व बझुाएको जनाएको छ । गत वर्ष निगमले रु. दुई खर्ब पाँच अर्ब बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो । निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा रु. चार अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रदूषण करबाट रु. दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट रु. १३ अर्ब ९८ करोड जम्मा भएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल रु. ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर रु. १०६ र डिजेलको रु. ८९ मूल्य रहेको छ । -रासस