इटहरीः मोरङको विराटनगर महानगरपालिका अन्तर्गतको तिनपैनी पुष्पलाल चौक क्षेत्रमा जडान भएका सोलार प्रविधिका सडक बत्तिको मर्मत सम्भारमा महानगरले ध्यान नदिँदा रातको समयमा सडक आवागमनमा समस्या उत्पन्न हुन थालेको छ ।

त्यस क्षेत्रमा महानगरपालिकाले प्रतिगोटा एक लाख ९० हजार नौ सय ७० रुपैयाँका दरले कुल एक करोड ८५ लाख २४ हजार ९० रुपैयाँको लागतमा चार वर्षअघि ९६ ओटा सोलार बत्ति जडान गरेकोमा नियमित मर्मत सम्भारको अभावमा बत्ति बिग्रन थालेको स्थानीयको भनाइ छ । यता, महानगरपालिकाले बत्ति मर्मतका लागि सर्वसाधारणले गरेको अनुरोधसमेत नसुनेझैँ गरिरहेको छ । मर्मत अभावमा लामो समयदेखि बत्ति जिर्ण अवस्थामा रहँदा महानगरपालिकाको विद्युत् विभागले भने बत्ति मर्मत भइसकेको झुटो दाबी गरेको छ ।

शाखााका प्रमुख अनिल सिंहका अनुसार महानगरले पाँच लाख रुपैयाँको लागतमा मर्मत सम्भार गरेको छ । तर, महानगरपालिकाका मेयर भीम पराजुलीको निवासस्थान ठूलो मिल क्षेत्रमा समेत हालसम्म सडक बत्ति बल्न सकेको छैन ।