इटहरीः मोरङको विराटनगर महानगरपालिका १४ स्थित जतुवामा हिजो साँझ भारतबाट चोरी पैठारी गरिएका सामान बरामद भएको छ ।

रानी भन्सार नाका क्षेत्रबाट भन्सार छली भित्र्याइएका इलेक्ट्रिक, इलेक्ट्रोनिक्स तथा लत्ताकपडा झोला तथा बोरामा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । बरामद भएका सामानको अनुमानित मूल्य दुई लाख ४० हजार रहेको प्रहरीको भनाइ छ । बरामद गरिएका सामान प्रहरीले आवश्यक कारबाहीका लागि रानी भन्सार कार्यालयमा बुझाएको छ ।