इटहरीः मोरङको पथरीशनिश्चरेका बाल अधिकारकर्मी संजिव भण्डारी मंगलबार बिहान युवराज बास्कोटाको घरमा मृत फेला परेका छन् ।
भण्डारी जिल्ला बाल क्लव समन्वय समिति मोरङका सदस्य तथा पूर्व नगर अध्यक्ष हुन् । मंगलबार बिहान बास्कोटाको घरमा उनी मृत फेला परेका हुन् । भण्डारी बास्कोटाका प्रिय पात्रका रुपमा रहेका थिए । सोमबार राति सकुशल अवस्थामा सुत्नका लागि कोठा प्रवेश गरेका भण्डारी घर मुली युवराज बास्कोटाका अनुसार बिहान करिब ७ बजेको समयमा खाटमा मृत फेला परेका हुन् । उनको शव सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान थालिएको पथरी प्रहरीले जनाएको छ ।
मृतककी आमा र दाजु यसो भन्छन्
मंगलबार बिहान बास्कोटाको घरमा मृत फेला परेका भण्डरीको मृत्युबारे परिवारले साधारण मृत्यु नभई षडयन्त्रपूर्ण ढंगले घटाइएको घटना भएको दाबी गरेको छ । मृतककी आमा राधिका भण्डारीले भनिन्,“छोराले मलाई साँझ ७ बजेतिर फोन गरेर युवराज दाइले मलाई बस भन्नुभएको छ म यहीँ बस्छ ।ु आज आउँदिन यहाँ जग्गाको काम छ म जग्गाको काम मिलाउँदै छु भोलि आउँछु भन्यो तर आज यस्तो घटना घट्यो । मेरो छोराको मृत्यु अहिले हर्टअटयाक भएर भएको हुनसक्ने भनिएको छ तर मेरो छोरोको मृत्यु त्यसरी भएको म मान्दिन मेरो छोरोलाई मारिएको हो । किनकी मेरो छोरोको गर्धन फुलिएको छ, पेट फुलेको छ, एक पटिको कान निलो भएको छ मेरो छोरोलाई त्यही घरमा घटना नघटाएको भएपनि अन्तै घटना घटाएर त्यहाँ ल्याएर सुताएको हुन सक्छ, मेरो छोरोको घटना आफैँ भएको हैन कसैले घटना घटाएकै हो हामीले छानबिनका लागि प्रहरीमा जाहेरी दर्ता पनि गराएका छौँ ।”
‘युवराज बास्कोटा भन्ने मान्छेलाई मैले लगभग २ महिना अगाडिदेखि मात्र चिन्न थालेकी हुँ त्योभन्दा अगाडि मैले नाम मात्र कतै कतै सुनेको हँु राजनीति गर्छन् भन्ने सुनेको थिएँ त्योभन्दा अन्य हिसाबले म उहाँलाई चिन्दिनँ’ भन्दै मृतककी आमाले भनिन, ‘‘मेरो छोरोलाई युवराज बास्कोटाको कामको दबाबकै कारण षडयन्त्र गरेर मारिएको हो घटनाको सत्यतथ्य छानबिन नभएसम्म हामी पोष्टमार्टमपश्चाते पनि शवको अन्त्यष्टि गर्न दिन्नाँै ।” यस्तै मृतक भण्डारीका दाजु दिवस भण्डारी भन्छन्, “युवराज बास्कोटाले मेरो भाइलाई षडयन्त्रपूर्ण तरिकाले मारेको हो । जागिरको प्रलोभन देखाएर घरबाट उसलाई लैजाने गरेको थियो । बास्कोटाले कहिले नेपाल टेलिभिजनमा काम लगाइदिन्छ,ु कहिले अब म मन्त्री भएपछि आफ्नै पिए बनाउँछु भन्ने कहिले वैदेशिक भ्रमणको अवसर मिलाइदिन्छु भन्दै प्रलोभन देखाउँदै त्यो केटाकेटीलाई आफ्नो प्रयोगका लागि लैजाने गरेको थियो । मैले त त्यो मान्छे ठिक छैन नजा भनेर भाइलाई सम्झाएको थिएँ, उ आफ्नै जिद्धिले जाने गथ्र्यो । अब घटना घटिसक्यो यसको सत्यतथ्य छानबिन हुनुपर्यो दोषीलाई कारबाही हुनुपर्यो । जागिरको प्रलोभन देखाएर दबाबमा राखेकै कारण मेरो भाइलाई षडयन्त्रपूर्ण तरिकाले मारिएको होे ।”
को हुन् त युवराज बास्कोटा?
युवराज बास्कोटा नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा पथरीका एक बौद्धिक राजनैतिक व्यक्तित्व हुन् । उनी केहीदिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति सदस्य बनेका थिए । त्यसको केही दिनमै स्थानीय स्तरमा उनका प्रिय पात्रका रुपमा रहेका युवालाई गुमाउन पुगेका छन् ।
घटनाको बारेमा बास्कोटा भन्छन्, “भाइ निकै राम्रा र मिलनसार व्यक्ति थिए आज आफ्नै घरमा यस्तो अप्रिय घटना हुँदा मर्माहत भएको छु, सोमबार बेलुका म घर जाँदा भाइ पनि घरमै थिए उनले दिउँसो भएको कार्यक्रमको बारेमा केहीबेर मलाई जानकारी गराए । म उनलाई कान्छा भनेर बोलाउने गर्थँे उनी निकै प्रिय युवा थिए । त्यसपछि हामीले केहीबेर दिउँसो कार्यक्रमको बारेमा छलफल गर्याँै र खाना खान म श्रीमती र भाइ माथिल्लो तलामा गयौँ र खानापछि सुत्नको लागि आ(आफ्नो कोठामा लाग्यौँ त्यसको लगभग १ घण्टाजति मैले आफ्नो कोठामा ल्यापटप चलाएर बसँे । त्यसपछि हामी पनि सुत्यौँ भाइ त अगाडि नै आफ्नो कोठामा गएका थिए । बिहान करिब ६ बजेतिर श्रीमती र म घरको आँगन सफा गरी करिब ७ बजेतिर चिया खाने तयारी गर्दा भाइलाई श्रीमतीले बोलाएको मैले बाथरुम बाट सुनँे । त्यो समयमा भाइले कुनै प्रतिक्रिया दिएनन् । त्यही समयमा भाइको मोबाइलमा फोन पनि आइरहेको मैले सुनिरहेको थिएँ तर भाइले कुनै प्रतिक्रिया नदिएपछि श्रीमती उनलाई उठाउन पुगिछिन् र भाइको अवस्थाको बारेमा मलाई पनि जानकारी गराइन् । अनि मात्र मैले थाहा पाएको हुँ । त्यसपछि मैले प्रहरीलाई जानकारी गराउँदै डाक्टरसहित आइदिन अनुरोध गरेँ । प्रहरी घरमा आउनुभयो र घटनाको बारेमा छानबिन गर्न थाल्नुभयो त्यही बीचमा मैले जनप्रतिनिधिदेखि लिएर परिवारमा समेत जानकारी गराएँ । साह्रै अप्रिय भयो, मर्माहत छु । नसोचेको घटना घट्यो ।”
प्रहरीको प्रारम्भिक अनुसन्धानले यसो भन्छ
मंगलबार बिहान बास्कोटाको घरमा मृत अवस्थामा भेटिएका भण्डारीका बारेमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिपकुमार गिरी भन्छन्, “ परिवारको तर्फबाट घटनाको छानबिनका लागि सहयोग पुर्याउन जाहेरी दर्ता भएको छ । हामी परिवारले दिएको जाहेरीका आधारमा घटनाको छानबिनकै क्रममा रहेका छौँ । थप कुरा पोष्टमार्टम रिर्पोटपश्चात पहिचान हुने छ ।” भण्डारीको मृत्युसँगै पथरीशनिश्चरे वडा नम्बर १० को जिरीखिम्ती भने शोकमा डुबेको छ । मृतक भण्डारीको शव आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।