इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ बुढीखोला क्षेत्रबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित हिजो बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका ५ घर भएका २४ वर्षीय मानबहादुर लिम्बू रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए । को १४ प ९२०२ नम्बरको मोटरसाइकलमा दुई जना सवार भई तस्करीका लागि गाँजा लिएर पश्चिमबाट पूर्वतर्फ गइरहेकोमा प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल रोकी पछाडि सवार व्यक्ति फरार भएकाले अभियुक्त लिम्बूलाई मोटरसाइकलसहित पक्राउ गरिएको कट्वालको भनाइ छ ।
अभियुक्त लिम्बूका साथबाट प्रहरीले दुई किलो सात सय ग्राम गाँजा बरामद गरिएको बताउँदै उनले अभियुक्तलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गराई हिरासतमा राखी अनुसन्धान सुरु गरेको जानकारी दिए ।