इटहरीः मोरङको लेटाङ नगरपालिका २ स्थित चिसाङ खोलाको पुलबाट गएराति ९ बजे अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका–४ का २६ वर्षीय विकेन राई, शिशिर घिमिरे, २५ वर्षीय राजकुमार लिम्बू र लेटाङ–३ की २२ वर्षीया अनु राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) कविन्द्र कार्कीले बताए । उनका अनुसार पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले फेनारगन २० ट्याब्लेट, लुपिजेसिक २० र डाइजेल्याब १९ एम्पुल बरामद गरेको छ ।
सबै अभियुक्तहरुलाई जिल्ला अदालत मोरङबाट आज म्याद थप गराई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अभियोजनको लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।