इटहरीः सर्लाहीको हरिवनस्थित जिल्ला मालपोत कार्यालयका नायबसुब्बा वेदनिधि बराल र हरिवन नगरपालिका वडा नं.२ बस्ने लेखापढी व्यवसायी रामसुन्दर महतो ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मा नाम संशोधनका लागि कार्यालयमा पुगेका सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले दुवै अभियुक्तहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संघीय कार्यालय काठमांडौका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

उनका अनुसार आयोगको टोलीले अभियुक्त महतोका साथबाट उनले सेवाग्राहीबाट लिएको ११ हजार रुपैयाँ घुस रकमसमेत बरामद गरेको छ । दुवै अभियुक्तउपर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रवक्ता अधिकारीको भनाइ छ ।