इटहरीः इलामका माङ्सेबुङ् गाउँपालिकास्थित भोटेडाँडामा हिजो साँझ ६ बजे भएको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना ३ ख २०३ नम्बरको ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राई रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका सहचालक राई गम्भीर घाइते भई उपचारार्थ अस्पताल लैजाने क्रममा राईको बाटैमा ज्यान गएको हो ।
दुर्घटनामा परी ट्रकका चालक ताप्लेजुङ डाँडागाउँ घर भएका २० वर्षीय प्रमोद श्रेष्ठ सामान्य घाइते भएकोमा उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । रबिबाट दमकतर्फ जाने क्रममा ट्रक अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । कच्ची सडकको जीर्ण अवस्थाका कारण दुर्घटना भएको हो ।