इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित श्याम चौकमा एक वृद्धाले आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्ने सोही ठाउँकी ७७ वर्षीया शान्तिदेवी मोक्तान रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार वृद्धाले बिहान करिब ४ः४५ बजे आफ्नै घरको माथिल्लो तलामा पटुकीको पासो लगाई आत्महत्या गरेकी हुन् । वृद्धालाई रेलिङमा भुन्डिएको देखेपछि उनकी नातिनीले पासो काटेर बचाउने प्रयास गरेपनि यसअघि नै वृद्धाको ज्यान गइसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगी मुचुल्का संकलनको काम गरिरहेको डीएसपी बस्नेतको भनाइ छ । मृतक वृद्धाका पति श्री मोक्तान पञ्चायतकालमा राजनीतिमा सक्रिय रहेकोमा उनको डेढ वर्षअघि निधन भएको थियो । आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।