इटहरीः सुनसरीको इटहरीमा प्रधानमन्त्रीको विरोधमा अनेरास्ववियु सुनसरीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बयलगाडामा राखेर नगर परिक्रमा गराएको छ ।

कुनै बेला प्रधानमन्त्री ओलीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका जानुजस्तै हो भनेर प्रतिक्रिया दिएको र उही ओली अहिले देशको प्रधानमन्त्री बनेकाले सांकेतिक रुपमा विरोध गर्दै प्रधानमन्त्रीको पुत्ला बयलगाडामा राखेर नगर परिक्रमा गरिएको अनेरास्ववियुले जानकारी दिएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य लोकेश निरौलाले अहिले प्रधानमन्त्रीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको भूमिका निर्वाह गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक र असंवैधानिक काम गरेकाले त्यसको विरोधमा लाग्न सबैलाई आग्रह गरे ।

138144913_691765591505755_7540901115094680578_n

विरोध प्रर्दशनकै क्रममा केहीबेर प्रहरी र अनेरास्ववियुका नेताहरुबीच भनाभन र नाराबाजीसमेत भएको थियो । बयलगाडामा उभ्याएर राखिएको प्रधानमन्त्रीको पुत्ला प्रहरीले खोसेपछि भनाभन भएको हो । यस्तै प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै प्रदर्शनकारीले प्रहरी मुर्दावाद भन्दै केहीबेर नारासमेत लगाएका थिए । इटहरीमा आइतबारबाट सुरु भएको कार्यक्रम अब धरान, इनरुवा र विराटनगरमा पनि गर्ने अनेरास्ववियुले जानकारी दिएको छ । विरोध प्रदर्शनमा अनेरास्ववियुले ‘केपी ओली मुर्दावाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘असंवैधानिक कदम खारेज गर’, ‘संसद विघटन मान्दैनौँ’, जस्ता नारा लगाएका थिए ।

137275706_309904927124391_5004329925773264035_n 137649514_879378542621381_7247533895494770978_n 138042257_419669389088906_3073887527975128404_n