इटहरीः भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अवैध रुपमा सञ्चालित मदिरा उद्योगमा प्रहरीले छापा मारेको छ ।
दुवाकोट प्रहरी प्रभागबाट खटिएको टोलीले छापा मारी पासाङ शेर्पा र ल्हामु शेर्पाले सञ्चालन गरेको उद्योगबाट प्रहरीले मदिरा बनाउन प्रयोग गरिने एक हजार तीन सय लिटर कच्चा पदार्थका साथै एक सय ५० थान मर्चा र ३० पाथी तोङ्बा बनाउन प्रयोग गरिने कोदो बरामद गरी नष्ट गरेको प्रभागका प्रहरी नायबनिरीक्षक (सइ) नीलबहादुर गिरीले बताए ।
उनका अनुसार मदिरा उद्योगबाट प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडावर्तन, ग्यास चुल्हो, सिलिन्डर, ड्रमजस्ता सामग्रीसमेत बरामद गरेको छ । बरामद भएका कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि मोहन पौडेलसहित स्थानीयवासीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।