इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी–रंगेली सडक खण्डमा हिजो मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । को १७ प ४८४५ नम्बरको मोटरसाइकलमा सवार भई रंगेलीबाट कानेपोखरीतर्फ आइरहेका गुरुङलाई विपरित दिशातिर जाँदैै गरेको को १ त ६९९७ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारार्थ मोरङकै पथरी अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको साँझ करिब ६ बजे ज्यान गएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकलको पछााडि सवार राजकुमार तामाङको भने सोही अस्पतालमा उपचार जारी रहेको छ । दुर्घटना गराउने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धानको प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।