इटहरीः झापाको दमक नगरपालिका ४ ताराबारीस्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा अटो चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएको प्रहरीको भनाइ छ । सुत्केरी बोकेर पूर्वबाट पश्चिमतर्फ आइरहेको मे१च १२४६ नम्बरको एम्बुलेन्स र अटो बिहान ९ः४५ बजे दुर्घटनामा परेको हो ।