इटहरीः राष्ट्रिय मानवअधिकार आयोगको परिचयपत्र दुरुपयोग गरी ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे घर भई हाल काठमाडौँको मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । कार्यालयका अनुसार काठमाडौँको दरबारमार्गबाट पक्राउ परेका अभियुक्त थापालाई महानगरीय प्रहरी परिसर काठमाडौँ लगिएको छ ।

अभियुक्त थापाउपर आफू राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष रहेको दाबीसहित नक्कली परिचयपत्रका आधारमा एक व्यक्तिसँग १५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । आरोपीलाई हिरासतमा लिई ठगी मुद्दामा कारबाही अगाडि बढाएको प्रहरीले सम्भावित पीडित व्यक्तिहरुलाई उजुरी लिई आउन आग्रहसमेत गरेको छ ।