इटहरीः झापाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

झापाको दमक नगरपालिका ८ बाट ३६ ग्राम ब्राउनसुगरसहित सिजुवा नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राजकुमार गनगाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई हिजो साँझ ६ बजे पक्राउ गरिएको हो । झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र एम्पुलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । यता, मेचीनगर नगरपालिका ६ बाट पनि एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–२ का ३१ वर्षीय सुजन परियार रहेको प्रहरीको भनाइ छ । अभियुक्त परियारका साथबाट १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको भन्दै उनीहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइने प्रष्ट पारेको छ ।