इटहरीः मोरङको लेटाङ नगरपालिका १ स्थित अँधेरी भन्ने स्थानमा गएराति भएको बोलेरो दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका तामाङलाई उपचारार्थ विराटनगरस्थित विराट नर्सिङ होम पठाइएकोमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

दुर्घटनामा परी ५४ वर्षीय सन्चुमाया राई, अनिता तामाङ, दिपकबहादुर, अर्जुन तामाङ, अस्तिमा मगर, सन्देश राई, मनमाया मगर, जुनु लिम्बु, सनमाया मगर, सुजता मगर, सुन्दर राई, सरिमाया मगर, डिल्लीमाया मगर, सृष्टी मगर, शेरबहादुर मगर र प्रज्वल राई घाइते भएका छन् । उनीहरुको विराट नर्सिङहोम र शुभकामना हेल्थ केयर सेन्टरमा उपचार जारी छ ।

घाइतेमध्ये सञ्चुमाया राईको अवस्था गम्भीर रहेको छ । १७ जना यात्री लिएर लेटाङबाट कुवापानीतर्फ गइरहेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेको हो । पिकअप अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

pickup accident