इटहरीः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले झापामा सार्वजनिक बसमा तोडफोड गरेका छन् ।

आफ्नो पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरी सवारी चलाएको भन्दै उनीहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाबाट धरानतर्फ गइरहेको बसमा तीन जनाको समूहमा रहेका विप्लव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा बसको सिसा फुटेको प्रहरीको भनाइ छ ।