इटहरीः नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज देशभर बन्दको आह्वान गरेको छ ।
सोही क्रममा बन्दकर्ताले इटहरीमा टायर बालेका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेर ‘कू’ गरेको भन्दै आन्दोलनकारीहरुले इटहरीको खाद्य गोदामछेउ पूर्व–पश्चिम राजर्मागमै टायर बालेका हुन् । सुनसरीको धरान र मोरङको विराटनगरमा अन्दोलनकारी र प्रहरी तथा अन्यबीच विवाद तथा मुडभेड भइरहँदा इटहरीमा भने दिउँसो ३ बजेसम्म अवस्था सामान्य नै थियो ।
तर, त्यसपछि इटहरीको पश्चिम लाइनको म्याजिक स्टेसनअगाडि पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, नेकपाका इटहरी कमिटि अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) तथा नेकपाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमैै बसेर अन्दोलन गरेका थिए । उनीहरुले प्रधानमन्त्रीका विरुद्धमा नाराबाजीसमेत गरेका थिए ।