कञ्चनपुरः भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको उद्धार गरिएको छ ।
भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युत गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए । नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । भारतले बिना पूर्वसूचना विद्युत गृहको पानी छाडेको बताइएको छ। यस घटनालाई लिएर भारतको आलोचना भएको छ । -रासस