इटहरीः हास्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल अर्थात् बोके दाह्रीले इटहरी ४ मा रहेको निःसहाय बालबालिका सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् ।

विभिन्न देशबाट पठाएको सहयोग सामग्री तथा नगद श्रीकृष्णले आश्रमलाई हस्तान्तरण गरेका हुन् । उनले विभिन्न देशमा बस्ने नेपालीहरुले पठाएका सहयोग सामग्री आश्रमलाई हस्तान्तरण गर्दा खुसी लागेको बताए । उनले यो आश्रममा रहेका ४५ जना बालबालिकाहरुको लागि आवश्यक शैक्षिक, खेलकुद र खाद्यान्नका सामानहरु वितरण गरेको जानकारी दिए । कोरोना महामारीले आश्रमलाई धेरै समस्या भएको र यस्ता सहयोगले आफूहरुलाई धेरै राहत हुने आश्रम सञ्चालक समितिकी अध्यक्ष गीता गौतमले बताइन् ।

sahayog saman

उनले सयम समयमा हुने यस्ता सहयोगले आफूलाई बालबालिकाको हेरचाह गर्ने थप उत्प्रेरणा मिल्ने भन्दै खुसी व्यक्त गरिन । साथै उनले आजको सहयोगमा बालबालिकाको लागि विशेष सामग्री ल्याएकोमा आफूभन्दा बालबालिका बढी खुसी भएको बताइन् । बोके दाह्रीले झण्डै ५० हजार बराबरको सामान तथा नगद हस्तान्तरण गरेका थिए ।