इटहरीः गत मंसिर २३ मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि विभत्स हत्या गरेको अभियोगमा ४२ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मुद्दाका प्रतिवादीहरुमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु रहेका छन् । उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा हिजो मुद्दा दर्ता भएको अदालत प्रशासनले जनाएको छ । अदालत श्रोतका अनुसार मुद्दाका प्रतिवादीहरुमा कपिलवस्तु शिवराज नगरपालिका( ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका( ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका( १ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, संखुवासभाको मादी नगरपालिका( ४ का ३५ वर्षीय धनबहादुर विक, मोरङको केराबारी गाउँपालिका( ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज( १ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका( २ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहीदभूमी गाउँपालिका( १ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, धनकुटा पाख्रिबास नगरपालिका( २ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका( ५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, संखुवासभाको चैनपुर( ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई र भोजपुरको ट्याम्केमयुम( ७ का ४१ वर्षीय भीम भन्ने कुमार राई रहेका छन् ।

यसैगरी, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका( ७ का ४३ वर्षीय संजिव मगर, सोलुखुम्बु महाकुलुङ( १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गाको लिखु – ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोरखाको अजिरकोट गाउँपालिका ३ का ४१ वर्षीया शिलु भन्ने उमा भुजेल, झापा दमक(२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बुको सोताङ( १ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुरको रामप्रसाद राई गाउँपालिका( ४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, संखुवासभाको चैनपुर – ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका( ४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्गको मिक्वाखोला( १ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बु) लाई पनि प्रतिवादी बनाइएको छ । त्यस्तै भोजपुरको पौवादुङ्मा गाउँपालिका( ३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङको मिक्वाखोला( ५ का २९ वर्षीय संग्राम भन्ने पूर्णबहादुर लिम्बू , धनकुटाका २४ वर्षीय आशिष भन्ने विक्रम राई, मोरङ मिक्लाजुङ( १ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङको मिक्वाखोला( १ का २५ वर्षीय विशाल लिम्वु, ताप्लेजुङको फाक्तालुङ गाउँपालिका( २ का २५ वर्षीय संगम आङदाम्बे, भोजपुरको पौवादुङमा( ४ का २४ वर्षीयअनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, इलामको देउमाई नगरपालिका( ७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरामाथि पनि मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय विराटनगरका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार प्रतिवादीहरुको थुनछेक बहस आजबाट सुरु हुनेछ । हत्यामा संलग्न ६ जनामध्ये हालसम्म विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विश्वकर्मा मात्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त विश्वकर्माले अभियोग अस्वीकार गरेको प्रहरीको भनाइ छ । ५३ वर्षीय शिक्षक श्रेष्ठको शव उनको आफ्नै घरनजिकैको जङ्गलमा फेला परेको थियो । शव फेला परेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आफूहरुविरुद्ध सुराकी गरेकाले अपहरण गरेको र शिक्षक श्रेष्ठले आफूहरुमाथि आक्रमण गरेपछि प्रतिकारमा उनी मारिएको भन्दै विज्ञप्ति जारी गरी घुमाउरो पारामा हत्याको जिम्मा लिएको थियो ।