व्यवसायमा असर परेको भन्दै इटहरीको विराटनगरलाइनमा बाँसको बार लगाई सडक अवरुद्ध

  • फाल्गुन ११, २०७७
  • ६६१ पटक पढिएको
  • शंकर खत्री
alt

इटहरीः अहिले कोसी राजमार्गको विराटनगर–धरान सडक खण्डअन्तर्गत इटहरीमा ६ लेन सडक परियोजनाको काम भइरहेको छ ।

सडक विस्तारको काममा ढिलासुस्ति भएकै कारण इटहरीवासी सवारी जाम र धुलो धुँवाबाट पीडित बनेका छन् । काममा ढिलासुस्ति गरेकै कारण आफ्नो व्यवसायमा असर परेको भन्दै मंगलबार विराटनगरलाइनमा व्यवसाय गर्ने व्यवसयीहरुले बाँसको बार लगाएर सडक अवरुद्ध गरेका छन् । सडकको काम सुस्त हुँदा पनि स्थानीय तहबाट कुनै पहल नभएकाले सडक अवरुद्ध गर्न बाध्य भएको व्यवसायीहरु बताउँछन् । ‘यस्तो अवस्थामा व्यवसाय नै चलाउन गाह्रो छ । धुलोले गर्दा ग्राहक नै आउँदैनन् । यस्तो अवस्थामा हामीले नगरपालिकालाई कर कसरी तिर्नु ? घर भाडा कसरी तिर्नु ? घरभेटी र नगरपालिकाले सडक विभागसँग छलफल गरोस् । यदि गर्न सक्दैन भने सरकारले भएजति सबैलाई रोड बनाओस् । हाम्रो माग छिटो पिच गर्नुपर्यो र यो ठाउँलाई धुलोमुक्त गर्नुपर्यो भन्ने हो’, विराटनगर लाइनमा व्यवसाय गर्ने एक जनाले भने ।

vyavasai

‘हामी धुलोमुक्त हुन चाहन्छौँ’, अर्का व्यवसायीले भने, ‘हामीले नगरपालिका र सडक विभागलाई पटक पटक भनेका छौँ । तर, यो सडकमा पानी हालेर हाम्रो आँखामा छारो हाल्ने कामबाहेक केही गर्न सकेको छैन । कि दिनमा चार पटक पानी हाल्नुपर्यो, कि भएको ठाउँमा पिच गर्नपर्यो । होइन भने हामी भोलि फेरि दुवैतर्फ बाटो अवरुद्ध गर्छौँ ।’ उनले यो समस्याले व्यापारसँगै मानव स्वास्थ्यमा पनि प्रभाव पारेको बताए । यहाँका व्यवसायीहरुले स्थानीय तहले साथ नै नदिएको भनिरहँदा वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपानेले आफूहरुले स्थानीयको समस्यामा हातेमालो गर्दै आएको जानकारी दिइन् । ‘यो जुन काम भइरहेको छ, यसले स्थानीयसँगै हामीलाई पनि मार परेको छ । र, यसको विषयमा हामीले बारम्बार पहल गरिरहेका छौँ । हाम्रो कुरालाई ध्यान दिएर नगरपालिकाले पानी हाल्ने व्यवस्था गरेको छ । तर, सडक विभागले भने हाम्रो कुरालाई कुनै वास्ता गरेको छैन । हामीले फोन गर्दा पनि उहाँहरुको फोन नै लाग्दैन’, न्यौपानेले भनिन् ।

साथै उनले स्थानीयको अन्दोलनमा वडाको पनि साथ रहेको जानकारी गराइन् । विराटनगरलाइनको राधाकृष्ण मन्दिरअगाडि एकतर्फी बाँसको बार लगाएर बाटो अवरुद्ध गरेपछि सवारीसाधनहरु इटहरी चौकबाट बीपी चौक हुँदै विराटनगर जाने र उताबाट आउने सवारीसाधनहरु पनि त्यही रुट भएर आवाताजावत गरेका थिए । झण्डै एक घण्टा जति जाम भएपछि इलाका प्रहरी कार्यालय र ९ नम्बर वडाका वडाध्यक्ष भूपेन्द्र वरालको नेतृत्वमा सडक खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

जङ्गलमा सडेको अवस्थामा महिलाको शव फेला

सिरहाः सिरहाको सामुदायिक वन क्षेत्रमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ । मिर्चैया नगरपालिका&n ...

‘एक साँझ शिवका माझ’

झापाः पूर्वको पशुपतिनाथ भनेर चिनिने ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर् ...

शिक्षकलाई तलब नदिएको भन्दै विद्यार्थी आन्दोलनमा

लहानः आफूलाई पढाउने शिक्षकलाई तलब दिलाउन विद्यार्थी आन्दोलनमा उत्रेका छन् । विद्यार्थीहरूले शिक्षकला ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved