सिरहाः सिरहाको सामुदायिक वन क्षेत्रमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ ।

मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान सडेको अवस्थामा महिलाको शव फेला परेको हो । जङ्गलमा अन्दााजी ३० वर्षीया महिलाको शव फेला परेपनि पहिचान नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएको अवस्थामा शव देखेपछि गोठाला पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । -रासस