इटहरीः मोरङको विराटनगर महानगरपालिका ३ स्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय सुवेदीलाई विराटनगरकै दुध फारमअगाडि रहेको भट्टराई होटलमा दुई लाख रुपैयाँ घुस लिँदालिँदै दिउँसो ४ बजे पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले बताए । उनका अनुसार अभियुक्त अधिकृत ढकालले बन्द रहेको फार्मेसी सञ्चालनको व्यवस्था मिलाइदिने भन्दै तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ का औषधि व्यवसायीसँग घुस रकम लिएका थिए । विभागमा करारमा कार्यरत सुवेदी मोरङको उर्लाबारी नगरपालिका ५ का बासिन्दा रहेको प्रवक्ता ढकालको भनाइ छ ।