इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित हरैया घर भएका २३ वर्षीय सुवास कामतको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१६ हरैयाका २० वर्षीय रोहित पण्डित, सोही स्थानका २१ वर्षीय अजय यादवलाई र विराटनगर महानगरपालिका–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । फागुन १५ गते कामतलाई अपहरण गरेका उनीहरुले उनका परिवारसँग फिरौतिबापत् १० लाख रुपैयाँ माग गरेको एसपी खड्काको भनाइ छ ।

अपहरणमा परेको दुई घण्टा नबित्दै विराटनगर ६ रामपुरबाट सकुशल उद्दार गरेको प्रहरीले पक्राउ परेका अभियुक्तहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाहीका लागि मोरङ जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।