इटहरीः मोरङको जहदा गाउँपालिका ४ का एक वृद्धले श्रीमतिसँगको विवादका कारण सेनिटाइजर सेवन गरेपछि ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ६० वर्षीय दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । श्रीमतिसँगको विवादपछि शनिबार सेनिटाइजर सेवन गरेका मण्डललाई उपचारार्थ कोसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको आज बिहान ज्यान गएको चिकित्सकलाई उदृत गर्दै एसपी खड्काले बताए । उनको मृत्युको कारण विषादी सेवन रहेको चिकित्सकको भनाइ रहेको छ ।

हात धुनका लागि प्रयोग गरिने सेनिटाइजरमा पनि किटनाशक विषादी प्रयोग गरिएको हुन्छ । कोरोना भाइरसको महामारी फैलिएपछि सोको नियन्त्रणका लागि सावधानीस्वरुप व्यापक प्रयोगमा आएको सेनिटाइजर दुरुपयोग हुँदा वृद्धको ज्यान गएको हो ।