मकवानपुरः मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा आज बिहान एक पुरुषको शव फेला परेको छ ।
हेटौँडा–१६, हटियास्थित बकाइनोको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । -रासस