कास्कीः पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जना सैनिक जवानको मृत्यु भएको छ ।

प्रशिक्षणका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो। मृतक सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । उनको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ । -रासस