भरतपुरः सार्वजनिक सवारी साधनमा यात्रु हाल्ने होडबोजी गर्नेमाथि प्रहरीले कारबाही तीव्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।

उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरान पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए। उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पु¥याउने गरेको उनले बताए ।

यातायात व्यवसायीसँग अन्तर्क्रिरया
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लाका यातायात व्यवसायीसँग अन्तर्क्रिरया गरेको छ । सोमबार ट्राफिक व्यवस्थापनलगायतका विषयमा व्यवसायीसँग अन्तर्क्रिरया गरेको हो । सो अवसरमा नारायणगढको पुल्चोकस्थित ट्राफिक आइल्याण्डबाट नारायणी पुलसम्मको सडक दाँयाबाँया सवारी साधन रोक्न नदिने सहमति गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । -रासस