इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित श्याम चौकमा गएराति सीटी सफारीले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ५ स्थित देउराली घर भएका ३५ वर्षीय किशोर विश्वकर्मा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार हिजो राति ८ बजे पूर्वतर्फ गइरहेको को १ ह ७८५९ नम्बरको सफारीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा राति ११ः५० बजे उनको मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि सफारीका चालक धरान १५ का ४३ वर्षीय मानबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका चालकले सवारी चलाएकाले दुर्घटना भएको हो ।