इटहरीः झापाको मेचिनगर नगरपालिका १५, फडानीस्थित काँसघारीबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ घर भएकी २७ वर्षीया सुनिता हेमरम र ३२ वर्षीया अनिता हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो १ बजे पक्राउ परेका अभियुक्तहरुका साथबाट एक सय ५० ग्राम ब्राउनसुगर बरामद गरिएको जनाउँदै प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।