इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र चौकमा सडक दुर्घटनामा परी एक महिला गम्भीर घाइते भएकी छन् ।
अन्दाजी ५५ ६० वर्षीया महिलालाई मदर एन्ड चाइल्ड अस्पतालअगाडि विराटनगर बसपार्कतर्फ जाँदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाइकलले ठक्कर दिएपछि महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलालाई मदर एन्ड चाइल्ड अस्पतालकै एम्बुलेन्सले उद्दार गरी न्युरो अस्पताल पुर्याएकोमा सोही अस्पतालमा उनको उपचार जारी छ ।
पहाडी मुलकोजस्तो देखिने महिलाको अवस्था गम्भीर रहेको र कुनै परिचय खुल्ने कागजातसमेत साथमा नरहेकाले हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । पहिचान नखुलेका कारण उपचारमा समस्या भइरहेको बताउँदै प्रहरीले महिलाको पहिचान खुलाउने प्रयास जारी रहेको जनाएको छ ।