इटहरीः गोरु काटिरहेको अवस्थामा झापाको मेचिनगर नगरपालिका १२ स्थित कालीझोडाबाट प्रहरीले चार जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३२ वर्षीय सुनिल विक, ३० वर्षीय टार्जन अछामी, २१ वर्षीय सुवास दर्जीका साथै मेचिनगर ५ का २१ वर्षीय महेश सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरुका साथबाट प्रहरीले एक थान दाउ, एक थान बञ्चरो र दुई थान चक्कुसमेत बरामद गरेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय चारआलीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।