इटहरीः मोरङको विराटनगरस्थित मुनालपथमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

इटहरीबाट विराटनगरतर्फ गइरहेको को १ ज ३७५९ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको को १ ख ४५६७ नम्बरको यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार विराटनगरकै जनपथ टोल घर भएका ४३ वर्षीय दीपाल श्रेष्ठ , विराटनगर ५ की ३६ वर्षीया सविता शर्मा र सोही ठाउँका ५५ वर्षीय ज्ञानचन्द्र साह घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारार्थ विराटनगरकै नोबेल शिक्षण अस्पताल र कोसी अञ्चल अस्पताल पठाइएको बताउँदै प्रहरीले दुर्घटना गराउने बसका चालक मोरङको कानेपोखरी २ घर भएका ४२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।