इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले हिजो बेवारिसे अवस्थामा फेला परेका भारतीय क्षेत्रबाट अवैध रुपमा आयातित लत्ताकपडा तथा इलेक्ट्रोनिक सामान बरामद गरेको छ ।
विराटनगर १५ बर्मा टोलमा गस्तिमा खटिएको प्रहरी टोलीले झ्याल ढोकामा लागाउने पर्दा ती सय पिस, जेन्स कुर्ती ८४ पिस, लेडिज कुर्ता चार सय ५३ पिस, ग्यास चुलाको सामान १४ फ्याकेट, वासर १० प्याकेट, स्प्रिङ १ प्याकेट, इलेक्टोनिक सामान एक कार्टुन, सिलिङ पङ्खाको पत्ता दुई सय पिस र अन्दाजी एक सय केजी सिद्रा बरामद गरेकोमा सबै सामान जिल्ला प्रहरी कार्यालयमार्फत् आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।